२८ आश्विन २०८१, सोमबार

रोल्पामा आगलागीमा परी ७५ बर्षीय वृद्धाको मृत्यु

प्रकाशित मिति :  28 February, 2024 8:45 am


सांकेतिक फाेटाे

रोल्पा । रोल्पामा एक घरमा आगलागी हुँदा जलेर एक वृद्धाको मृत्यु भएको छ । रोल्पाको माडी गाउँपालिका–५ भावाङमा आगलागीमा परी ७५ बर्षिया हरिकला घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले रोल्पाले जनाएको छ ।

मंगलबार अपराह्न ४ः४५ बजे २ तले कच्ची घरमा अचानक आगलागी हुदाँ घरको माथिल्लो तलाको कोठामा रहेकी ७५ बर्षिय हरीकला घर्ती शरिरको विभिन्न भाग जलेको आवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । उनका आफन्त कामले घर बाहिर गएकोले घरमा एक्लै रहेकी थिइन ।

आगलागीको खबर प्राप्त भएपछि प्रहरी चौकी भावाङबाट गएको प्रहरीटोली र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।



प्रतिक्रिया दिनुहोस !