३ आश्विन २०८१, बिहिबार

कोशी र गण्डकीका उच्च पहाड र हिमालमा हिमपात हुने, बाँकी क्षेत्रमा मौसम सफा रहने

प्रकाशित मिति :  29 February, 2024 7:00 am


काठमाडौँ। आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान विभागले जनाएको छ ।

विभागका अनुसार बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने देखिएको हो।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भने दिउँसो हल्का हिमपातको सम्भावना रहेको छ। बिहीबार राती कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागको पूर्वानुमान छ।

मौसम प्रतिकूलताका कारण तत्स्थानमा जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !