२९ आश्विन २०८१, मंगलबार

चार संसदीय समितिको बैठक बस्दै

प्रकाशित मिति :  29 February, 2024 10:02 am


काठमाडौँ । बिहिबार एकैपटक ४ वटा संसदीय समितिको बैठक बस्दैछ ।

जसअनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ८ बजेबाट शुरु भएको छ ।

बैठकमा फालामे छडको कच्चा पदार्थको रुपमा रहेको स्पञ्ज आइरन र विलेट्सबीच भन्सार महसुल एवं अन्तःशुल्कका सम्बन्धमा समितिको मिति २०७०\३\६ गतेको निर्णय कार्यान्वयन सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सम्पी शुद्धीकरण अनुसन्धान विभाग र राजश्व अनुसन्धान विभागको कामकारवाही सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै बिहान साढे ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा निर्वाचन क्षेत्र जोड्ने रणनैतिक सडकका सम्बन्धमा छलफल हुनेछ ।

दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल हुनेछ ।



प्रतिक्रिया दिनुहोस !