२९ आश्विन २०८१, मंगलबार

प्रहरीले हटायो फुटपाथमा टाँगेको डोरी

प्रकाशित मिति :  29 February, 2024 12:38 pm


काठमाडौं । सर्वसाधारणलाई पैदल हिँड्न समेत निषेध गरेर फुटपाथमा टाँगेको डोरी प्रहरीले हटाएको छ । बानेश्वरस्थित संघीय संसद् भवन, सिंहदरबार र बालुवाटार स्थित प्रधानमन्त्री निवासस्थित फुटपाथको डोरी प्रहरीले हटाएको हो ।

सुरक्षा चुनौतिलाई मध्यनजर गर्दै सिंहदरबार वरपरको फुटपाथ र बालुवाटारको फुटपाथमा डोरी टाँगेर हिँड्न रोक लगाएको प्रहरीले जनाएको थियो ।
तर, चौतर्फी आलोचना भएपछि प्रहरीले डोरी हटाउन बाध्य भएको छ ।

फागुन १४ मा निषेधित क्षेत्र तोडेर लघुवित्तका ऋणिहरु संघीय संसद् भवनमा प्रवेश गरेका थिए । सो घटनापछि प्रहरीले सर्वसाधारणलाई फुटपाथमा हिँड्न पनि रोक लगाउँदै डोरी टाँगिएको थियो ।

घटनाबारे छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीको नेतृत्वमा समिति गठन गरेको छ ।



प्रतिक्रिया दिनुहोस !