२९ आश्विन २०८१, मंगलबार

सांसद श्रेष्ठको मागः समितिको निर्देशनलाई सरकारले कार्यान्वयन गरेन, प्रधानमन्त्रीलाई बोलाएर सोधौँ

प्रकाशित मिति :  29 February, 2024 2:02 pm


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद कृष्णकुमार श्रेष्ठले समितिले दिएको निर्देशनलाई सरकारले कार्यान्वयन नगरेकोबारे असन्तुष्टि व्यक्त गरेका छन् ।

बिहीबारको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै श्रेष्ठले समितिले दिएका निर्देशन कार्यान्वयन नगरेकोबारे प्रधानमन्त्रीलाई समितिमा बोलाएर ध्यानाकर्षण गराउनुपर्ने माग गरेका हुन् ।

उनले समितिले गरेका निर्णयहरू र दिएका निर्देशन सरकारले किन मानेन भन्नेबारेमा सरकार गम्भीर बन्नुपर्ने बताए । उनले भने, ” समितिले निर्देशन दिएका कुरा कार्यान्वयन भएको रहेनछ । प्रधानमन्त्रीज्यूलाई नै उपस्थित गराएर समितिले गरेका निर्णयहरू हामीले दिएका निर्देशन किन मानेन सरकारले भन्ने कुरा गम्भीर छ । सरकारको प्रमुख प्रधानमन्त्री हुनुहुन्छ, यसलाई गम्भीर रूपमा लिनुपर्छ । हामीले निरीक्षण किन गरेको, छलफल किन गरेको, किन निर्देशन दिएको यदि कार्यान्वयन नहुने हो भने । हामीले सरकार प्रमुखसँगै सल्लाह गर्नुपर्छ ।”

उनले छडजन्य सामग्रीको गुणस्तर मापनमा बढी जोड दिन आवश्यक रहेको बताए । “गुणस्तरमै समस्या छ भन्नुभएको छ । यही डण्डीबाटै पुल, बिल्डिङ, सुरुङ बन्ने जतिपनि पूर्वाधार बन्ने छ, यो गम्भीर कुरा छ । र्‍यापिड स्तरमै छलफल गरेर समितिले निर्देशन दिनुपर्छ,” श्रेष्ठले भने ।



प्रतिक्रिया दिनुहोस !