२९ आश्विन २०८१, मंगलबार

सदनमा उठेका विषयमा जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

प्रकाशित मिति :  1 March, 2024 12:11 pm


काठमाडौं । प्रतिनिधिसभामा उठेको विषयबारे आगामी बैठकमा जवाफ दिन सभामुख देवराज घिमिरेले फेरि रुलिङ गरेका छन् ।

विपक्षी दलहरुले उठाएका विषयमा २१ गतेको बैठकमा उपस्थित भएर जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित विपक्षी दलहरुले ६ फागुनयता बालकुमारी घटना, मिटरब्याज र सहकारी पीडितको आन्दोलनलगायतका विषयमा सरकारको जवाफ माग्दै आएका छन् ।

१४ फागुनको बैठकमा सभामुखले आगामी बैठकमा जवाफ दिन रुलिङ गरेका थिए । तर, शुक्रबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अनुपस्थित भए ।

बैठकमा एमाले सांसद सूर्य थापाले सभापतिले संसद्मा उठाएका विषयमा जवाफ दिन पटकपटक रुलिङ गर्दा पनि बेवास्ता गरेको आरोप लगाए ।

संसद् बैठकको सुरुमै एमाले सांसद सूर्य थापाले प्रधानमन्त्री खोजी गरिदिन माग गरे भने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि अब संसद चल्न नसक्ने बताए ।

दुवै दलका सांसदहरु आ(आफ्नो स्थानमा उभिएपछि सभामुख घिमिरले मिति नै तोकेर २१ गतेको बैठकमा उपस्थित भएर जवाफ दिन रुलिङ गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !