२९ आश्विन २०८१, मंगलबार

सरकार संसदप्रति जवाफदेही भएन : सांसद थापा

प्रकाशित मिति :  1 March, 2024 12:59 pm


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको खोजी गरेको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल अनुपस्थित भएको भन्दै खोजी गरेको हो ।

बैठकमा बोल्दै एमाले सांसद सूर्यबहादुर थापाले प्रधानमन्त्री र मन्त्रीहरुलाई खोजी गर्नुपर्नेबताए । उनले भने, सरकारलाई संसदप्रति जवाफदेही बनाउनुपर्ने भएपनि सरकार जवाफदेहि भएन,बालकुमारी घटनामा दोषी करार भएका मन्त्रीलाई राजीनामा गर्न अथवा बर्खास्त गर्न प्रधानमन्त्रीलाई के ले रोकेको छ ?

थापाले सरकारमाथि उठेका विभिन्न प्रश्नहरुको सन्दर्भमा सरकार जवाफदेही हुनुपर्ने भएपनि सरकार हराएको भन्दै प्रधानमन्त्रीको खोजी गर्न उच्चस्तरिय समिति बनाउनुपर्ने हो कि संसद स्थगित गर्नुपर्ने हो भनेर पनि प्रश्न गरे ।

थापाले भने, लघुवित्त, मिटरब्याज, सहकारी पीडितहरु राजधानीमा मेचीदेखि महाकालीबाट हिँडेर आउनुभएको छ । उहाँहरुमाथि विभिन्न ढंगको दमन भएको छ । यो खालको स्थिति छ । यो बारेमा सम्पूर्ण विषयमा सरकार जवाफदेही भएन । सरकार हरायो । प्रधानमन्त्री हराउनुभयो । प्रधानमन्त्रीको खोजी गर्नुप¥यो ।

उनले काठमाडौंस्थित सुन्धारामा स्वरोजगार मजदुरहरुलाई आक्रमण गरिएको भन्दै खेद प्रकट गर्दै घाइतेहरुको उपचारको माग गरे ।



प्रतिक्रिया दिनुहोस !