देशभर छिटपुटदेखि मध्यम वर्षा हुने
काठमाडौँ । आइतवार देशभर छिटपुटदेखि मध्यम वर्षा हुने भएको छ। बिहानदेखि हाल देशभर साधारणतया बदली रही कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ।
आगामी २४ घण्टामा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेश सहित कोशी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखिमध्यम बर्षा हुने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ।
देशका अन्य क्षेत्रको थोरै स्थानहरूमा छिटफुटदेखि हल्का बर्षाको सम्भावना रहेको छ भने देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।
वर्षा र हिमपातले दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।