२९ आश्विन २०८१, मंगलबार

कोटेश्वरमा बसकाे ठक्करबाट ट्राफिक प्रहरी घाइते

प्रकाशित मिति :  3 March, 2024 6:01 pm


काठमाडौँ । काठमाडौँको कोटेश्वरमा बसले ठक्करदिदाँ ट्राफिक प्रहरी घाइते भएका छन्।

कोटेश्वर प्रभागमा कार्यरत ट्राफिक प्रहरी सई टोपबहादुर खत्रीलाई आइतबार प्रदेश-३-०१-००५ ख ९७५५ नम्बरको बसले ठक्कर दिदाँ घाइते भएका छन्।

ड्युटीमा रहेका ट्राफिक प्रहरी खत्रीलाई कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै गर्दा बसले ठक्कर दिएको थियो।

बसको ठक्करबाट घाइते भएका सई खत्रीको माइतीघरस्थित अन्नपुर्ण न्युरो अस्पतालमा आइसीयुमा उपचार भइरहको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए।

बसका चालक नवराज गिरीलाई नियन्त्रणमा लिइ प्रहरी वृत्त बानेश्वरमा राखिएको छ।



प्रतिक्रिया दिनुहोस !