२९ आश्विन २०८१, मंगलबार

तीन प्रदेशमा बिहादैदेखि वर्षा, यस्तो छ सोमवारको मौसम

प्रकाशित मिति :  4 March, 2024 7:21 am


काठमाडौँ। सोमवार बिहानैदेखि देशभर आंशिक देखि साधारणतया बदली रही कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा मेघगर्जन चट्टयाङ्गसहित हल्का वर्षा भईरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा साथै बाँकी प्रदेशका पहाडी भुभागका एक-दुई स्थानमा छिटफुटदेखि हल्का बर्षाको सम्भावना रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मौसम प्रतिकूलताका कारण दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले सजक रहन अनुरोध गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !