२९ आश्विन २०८१, मंगलबार

भक्तपुरको राधेराधेमा एक पुरुषको शव फेला

प्रकाशित मिति :  4 March, 2024 11:52 am


भक्तपुर । भक्तपुरको राधेराधेमा स्कुटरसहित एक जना पुरुषको शव फेला परेको छ ।

आज बिहान ६ बजे मध्यपुरथिमि नगरपालिक-९ राधेराधे स्थित हनुमन्ते खोलामा इलाम नगरपालिका- ३ का स्थाइ घर भइ हाल काठमाडौ कोटेश्वर तीनकुने बस्ने वर्ष २६ का छत्र थापा मृत भेटिएका हुन् ।

थापासहित बा८६प ९७३० को स्कुटी पनि खोलामा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

उनको शवलाई पोष्टमार्टमका लागि दुवाकोटस्थित केएमसी अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !