२९ आश्विन २०८१, मंगलबार

प्रतिक्रियावादीले उपयोग गर्न खोजे लात्ताले हानेर निस्कन्छु: प्रधानमन्त्री

प्रकाशित मिति :  4 March, 2024 4:17 pm


काठमाडौँ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिक्रियावादी शक्तिहरूले आफूलाई विश्वास नगरेको टिप्पणी गरेका छन् ।

एमालेसँगको नयाँ सत्तासमिकरण गरेलगत्तै सोमवार काठमाडौँमा आयोजित शान्ति प्रक्रिया, गणतन्त्र र आजको राजनीतिक विषयक अन्तरक्रिया कार्यक्रमाम बोल्दै उनले काँग्रेसलाई लक्षित गर्दै प्रतिक्रियावादीहरूले आफूलाई अविश्वसनीय भन्ने गरेको बताएका हुन् ।

प्रधानमन्त्री दाहालले आफूलाई प्रतिक्रियावादीहरूले धरै नै अविश्वसनीय भन्ने गरेको उल्लेख गर्दै उनीहरूले उपयोग गर्न खोजे भने म कुनैपनि बेला लात्ताले हानेर निस्कने टिप्पणी गरे । आफूलाई प्रतिक्रियावादीहरूका लागि विश्वसनीय हुन नपरेको प्रधानमन्त्री दाहालको भनाइ थियो ।

उनले सत्तासमिकरण परिवर्तन भएको आजको दिनलाई निरन्तरतामा क्रमभंगता भएको दिनका रूपमा स्मरण गर्नुपर्ने बताउँदै आफू नमरुन्जेलसम्म मुलुकमा उथलपुथल ल्याईरहने जिकिर समेत गरे

माओवादी बग्दो नदी भएकाले उसले हरेक समयमा उथलपुथल ल्याउने काम गरिरहने प्रधानमन्त्री दाहालले बताए । त्यस अवसरमा उनले सबै क्रान्तिकारी शक्तिलाई एकतावद्ध हुन पनि आह्वान गरे । शान्ति प्रक्रियाका बाँकि कामलाई पूरा गर्न पनि सबै कम्युनिष्ट क्रान्तिकारीहरू एकतावद्ध हुनुको विकल्प नरहेको प्रधानमन्त्री दाहालको तर्क थियो ।

प्रधानमन्त्री दाहालले आफूले जनयुद्धका योद्धाहरुको सपना पूरा गर्ने अठोट लिएको पनि दोहो¥याए ।



प्रतिक्रिया दिनुहोस !