२९ आश्विन २०८१, मंगलबार

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

प्रकाशित मिति :  4 March, 2024 5:53 pm


काठमाडौँ । गठबन्धन निर्माण गरेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्री नियुक्त गरेका छन्।

नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल नियुक्त गरेका हुन्। उनीहरूको जिम्मेवारी अहिले तोकिएको छैन।

नवनियुक्त तीनै जना मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराएका छन्।



प्रतिक्रिया दिनुहोस !