२९ आश्विन २०८१, मंगलबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

प्रकाशित मिति :  5 March, 2024 7:49 am


काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।

आज दिउँसो ३ बजे पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा बैठक बस्ने भएको हो ।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

प्रधानमन्त्री दाहालले कांग्रेससँगको गठबन्धन तोडे लगत्तै सोमबार सभापति देउवाले पार्टीका पूर्वपदाधिकारी र पदाधिकारी बैठक बोलाएका थिए ।



प्रतिक्रिया दिनुहोस !