२९ आश्विन २०८१, मंगलबार

मन्त्रालयको भागबन्डा टुङ्ग्याउन कार्यदलको बैठक बस्दै

प्रकाशित मिति :  5 March, 2024 9:48 am


काठमाडौँ । नयाँ सत्ता गठबन्धन कार्यदलको बैठक आज दिउँसो बस्दै छ ।

मन्त्रालयको भागबन्डा टुङ्गो लगाउन दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलको बैठक बोलाइएको छ ।

नयाँ सत्ता गठबन्धनमा नेकपा एमालेका शंकर पोखरेल, नेकपा माओवादी केन्द्रका वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले र जनता समाजवादीका राजेन्द्र श्रेष्ठ छन् । आज बोलाइएको बैठकमा मन्त्रालयको भागबन्डाका विषयमा छलफल हुनेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नयाँ गठबन्धन गरेका छन्। उनले सोमबारनै सबै मन्त्रीहरूलाई बर्खास्त गरी चार सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन्।

जसमा एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डीपी अर्यालले सोमबार विना विभागीय मन्त्रीकारुपमा सपथ लिएका छन् ।



प्रतिक्रिया दिनुहोस !