२९ आश्विन २०८१, मंगलबार

मोरङमा शौचालय गएकी किशोरीको धारिलो हतियार प्रहार गरी हत्या

प्रकाशित मिति :  5 March, 2024 10:08 am


मोरङ । मोरङको पथरीशनिश्चरेमा शौचालय गएकी ज्ञानमति थुलुङ राईको सोमबार राति हत्या भएको छ ।

पथरीशनिश्चरे नगरपालिका-७ लामाटोलस्थित मामाको छोराको घरमा बसेर पढ्दै आएकी १५ वर्षीया राईको हत्या भएको हो ।

खोटाङको अ‍ैसेलुखर्क- ६ घर भएकी ज्ञानमति दुई वर्षदेखि मामाको छोराको घरमा बस्दै आएकी थिइन् । उनी पथरी मै रहेको पञ्चायत माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिइन् ।

सोमबार राति १०ः३० बजेतिर शौचालय जाने क्रममा घरको कम्पाउण्डभित्र अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरेर बालिकाको बीभत्स तरिकाले हत्या गरेको प्रहरीले जनाएको छ । गर्धनमा हतियार प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

हतियार प्रहारपछि बालिका कराएको सुनेर घरका सदस्य बाहिर निस्कदा छटपटाइरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । हत्यामा संलग्नको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । शवलाई प्रहरीले घटनास्थलबाट उठाएर पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेको छ।



प्रतिक्रिया दिनुहोस !