गण्डकी प्रदेशमा माओवादीका दुई मन्त्री बर्खास्त
प्रकाशित मिति : 5 March, 2024 11:03 am
काठमाडौं । गण्डकी प्रदेशका दुई मन्त्री बर्खास्त भएका छन् । सत्ता गठबन्धन परिर्वतन भएसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा माओवादी (केन्द्र)का दुई मन्त्रीलाई बर्खास्त गरेका हुन् ।
बरखास्त हुने मन्त्रीमा भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रेशम जुग्जाली तथा सामाजिक विकासमन्त्री सुशीला सिम्खडा रहेका छन् ।
बर्खास्त पछि मुख्यमन्त्री पाण्डेले दुवै मन्त्रालय आफु मातहत राखेका छन् । सिम्खडालाई गत बैशाख १५ र जुग्जाली बैशाख २९ गते मन्त्री नियुक्त भएका थिए ।