२९ आश्विन २०८१, मंगलबार

अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्पको पक्षमा फैसला

प्रकाशित मिति :  5 March, 2024 1:28 pm


काठमाडौँ । अमेरिकी सर्वोच्च अदालतले सर्वसम्मतिले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प कोलोराडोमा प्राथमिक मतपत्रमा रहन सक्ने फैसला गरेको छ । राज्यको अयोग्यतालाई अस्वीकार गर्दै सर्वोच्चले ट्रम्पको पक्षमा फैसला गरेको हो । नौ न्यायाधीशमध्ये तीन उदारवादी र ५ रूढिवादीहरु सबैले उक्त निर्णयमा सहमति जनाएका थिए ।

जनवरी ६, २०२१ मा क्यापिटल दंगा अघिका घटनाहरूमा उनको संलग्नताका कारण राज्यहरूले ट्रम्पलाई मतपत्रबाट हटाउने अनिर्णय गरेका थिए श्र तर सर्वोच्च अदालतले ट्रम्पको पक्षमा फैसला गरेको हो ।

अमेरिकी सर्वोच्च अदालतले कोलोराडो सर्वोच्च अदालतले संविधानको १४ औं संशोधनको धारा ३ अन्तर्गत राष्ट्रपति पदका उम्मेदवारलाई अयोग्य ठहराउने निर्णय गर्ने अधिकार राज्यहरूसँग छ भन्ने गलत धारणा बनाएको बताएको छ ।



प्रतिक्रिया दिनुहोस !