२९ आश्विन २०८१, मंगलबार

पशुपतिनाथ क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ निषेध

प्रकाशित मिति :  5 March, 2024 1:34 pm


काठमाडौँ । पशुपतिनाथ क्षेत्रमा मासु र मदिरा बिक्री वितरण तथा प्रयोगमा रोक लगाइएको छ ।

पाशुपत क्षेत्रभित्र सुरक्षा लगायत धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय काठमाडौँले शिवरात्रीलाई लक्षित गर्दै भाेलि (बुधबार) देखि आइतबार गतेसम्म बिक्री वितरणमा रोक लगाएको हो ।

महाशिवरात्री पर्व, २०८० लाई अनुशासित, मर्यादित तथा व्यवस्थित बनाई भव्य एवम् दिव्य रूपमा सम्पन्न गर्न भगवान श्री पशुपतिनाथ विराजित पावन पाशुपत क्षेत्रभित्रको सुरक्षा लगायत धार्मिक, साँस्कृतिक मर्यादा र पवित्रता कायम राख्ने उद्धेश्यले रोक लगाइएको विज्ञप्तिमा उल्लेख छ।

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जारी गरेको सूचनामा चार किल्ला तोकेर कसैले पनि मासु, मदिरा तथा नशालु पदार्थहरु उत्पादन, बेचविखन, ओसार पसार, भण्डारण र सेवन गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम पूर्ण रुपमा रोक लगाइएको उल्लेख छ ।

कसैले अटेर गरी निषेधित क्षेत्रमा निषेध गरिएका वस्तुको बिक्री वितरण तथा प्रयोग गरेको पाइएमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कडा कारबाही हुने प्रशासन कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !