२९ आश्विन २०८१, मंगलबार

कर्णाली सरकारबाट बाहिरियो कांग्रेस, तीन मन्त्रीले दिए राजीनामा

प्रकाशित मिति :  5 March, 2024 1:40 pm


काठमाडौँ । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका तीन जना मन्त्रीहरूले राजीनामा दिएका छन् । कांग्रेसबाट अर्थमा बेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्णकुमार वीसी मन्त्री बनेका थिए ।

उनीहरूले मंगलबार दिउँसो पत्रकार सम्मेलन गर्दै राजीनामा दिँदै सरकारबाट बाहिरिएको जानकारी दिएका हुन् । केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णालीमा पनि राजीनामा दिएको मन्त्रीहरूले बताएका छन् ।

माओवादीका मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन पनि फिर्ता लिएको उनीहरूले जानकारी गराएका छन् ।



प्रतिक्रिया दिनुहोस !