२९ आश्विन २०८१, मंगलबार

कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो

प्रकाशित मिति :  5 March, 2024 5:56 pm


काठमाडौँ । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

प्रधानमन्त्री प्रचण्डले गठबन्धन फेरेपछि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएर संसद्मा पनि प्रतिपक्षमा बस्ने निर्णय गरेको उपसभापति धनराज गुरुङले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले सोमबार नेकपा एमालेसँग सत्ता सहकार्यको सहमति गर्दै कांग्रेसका सहित सबै दलबाट बनेका मन्त्रीहरूलाई बर्खास्त गरेर नयाँ मन्त्रिपरिषद बनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !