२९ आश्विन २०८१, मंगलबार

नेकपा एस सत्ता गठबन्धनमा सहभागी हुन सकारात्मक, आज सचिवालय वैठक बस्दै

प्रकाशित मिति :  6 March, 2024 7:16 am


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) सत्ता गठबन्धनमा सहभागी हुन सकारात्मक भएको छ । यससम्बन्धी निर्णय गर्न बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा पार्टीको सचिवालय वैठक वस्ने भएको छ ।

मंगलवार राति अध्यक्ष माधवकुमार नेपाल निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमाले अध्यक्षसहितको बैठकका क्रममा सत्ता गठबन्धनमा सहभागी हुन सकारात्मक देखिएको बताइएको हो ।

बैठकमा उपस्थित नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूहरुले नेपाललाई सत्ता गठबन्धनमा आउन आग्रह गरेको र नेपाल सकारात्मक रहेको बताए।

उनले बुधवारको बैठकबाट टुंगो गर्ने बताइएको पनि स्पष्ट पारे। बैठकबाट बाहिरिने क्रममा एमाले अध्यक्ष ओलीले आफू नेपाललाई स्वास्थ्यलाभको कामना गर्न आएको बताए।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !