२९ आश्विन २०८१, मंगलबार

नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दै

प्रकाशित मिति :  6 March, 2024 10:00 am


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दै

नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बस्नेछ । बैठकमा सरकारमा सहभागी हुने वा नहुने भन्नेबारेमा निर्णय हुनेछ ।

यसअघि मंगलवार प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको घरमा पुगेर सत्ता गठबन्धनमा सहभागी हुन आग्रह गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !