२९ आश्विन २०८१, मंगलबार

माधव नेपाल भेट्न सभापति देउवा पुगे कोटेश्वर

प्रकाशित मिति :  6 March, 2024 10:15 am


काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्ने कोटेश्वर पुगेका छन् ।

देउवा पत्नी आरजु र नेता रमेश लेखकसहित नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन । देउवाले मंगलबार बेलुका नेपाललाई फोन गरेर वुधबार भेट्न आउने जानकारी गराएका थिए ।

मंगलबार राति एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एकीकृत समाजवादीसहितको गठबन्धन तोडेर नेकपा एमाले र रास्वपासहितको नयाँ गठबन्धन बनाएर मन्त्रिपरिषद पुनर्गठन गरेको छ ।



प्रतिक्रिया दिनुहोस !