२९ आश्विन २०८१, मंगलबार

धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो

प्रकाशित मिति :  6 March, 2024 10:40 am


काठमाडौँ । धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ।

बुधबार बिहान कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको बस पृथ्वीराजमार्गको घाटबेँसी नजिक त्रिशूली नदीमा खसेको थियो ।

दुर्घटनामा एक जना महिलासहित सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए ।

दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएका छन् । बस नदीमा डुबेकाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीको अनुमान छ । बसका चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका –९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



प्रतिक्रिया दिनुहोस !