२९ आश्विन २०८१, मंगलबार

काँग्रेसले भन्योः माधव नेपालसँगको छलफल सकारात्मक छ, निरन्तरता दिन्छौँ

प्रकाशित मिति :  6 March, 2024 11:24 am


काठमाडौँ । नेपाली काँग्रसले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको छलफल सकारात्मक भएको बताएको छ ।

बुधवार नेपाल निवास कोटेश्वरमा पुग्नुभएका काँग्रेस सभापति देउवा र अध्यक्ष नेपालबिच परिवर्तित विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको हो ।

छलफल सकारात्मक रहेको काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए । उनले सकारात्मक छलफल भएकाले छलफल र भेटघाटलाई निरन्तरता दिने बताए ।

उनले भने, “अहिलेको तत्काल परिवर्तित विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको हो । छलफल सकारात्मक भएको छ । छलफललाई निरन्तरता दिन्छौँ । हामीले हाम्रो आधिकारित धारणा राखिसकेको छ । काँग्रेसको धारणा अहिलेलाई त्यही हो । पूर्वप्रधानमन्त्री माधव नेपालसँग अहिलेको विकसित राजनीतिक घटनाक्रमको बारेमा छलफल भएको हो । यसलाई निरन्तर दिन्छौँ । नयाँ राजनीतिक विकासका काममा छलफल हुन्छ । सबै राजनीतिक दलसँग छलफल भइरहेको छ ।”

प्रमुख सचेतक लेखकले अहिले सबै राजनीतिक दलसँग छलफल भइरहेको पनि बताए ।



प्रतिक्रिया दिनुहोस !