९ मंसिर २०८१, आइतबार

तराई पहाड मौसम सफा, उच्च पहाड र हिमालमा हल्का हिमपात हुने

प्रकाशित मिति :  7 March, 2024 7:20 am


काठमाडौँ। सोमवार बिहान कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा तराई पहाड मौसम सफा, उच्च पहाड र हिमालमा हल्का हिमपात हुने सम्भावना ।

विभागका अनुसार बिहीबार दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ भने देशको उच्च पहाडी तथा हिमाली भू(भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राती पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !