२९ आश्विन २०८१, मंगलबार

सुनको मूल्यमा नयाँ कीर्तिमान

प्रकाशित मिति :  7 March, 2024 11:36 am


काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बुधबार तोलाको एक लाख २३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बिहिबार तोलाको १५०० रुपैयाँ बढेर तोलाको एक लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख २४ हजार ४०० रुपैयाँ कारोबार मूल्य तोकिरएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज बिहिबार चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँ बढेर तोलाको १४७० रुपैयाँमा कारोबार भइरहको छ । यसअघि बुधवार चाँदीको मूल्य प्रतितोला १४ सय ४० रुपैयाँ कायम थियो ।



प्रतिक्रिया दिनुहोस !