२९ आश्विन २०८१, मंगलबार

सरकारको प्रवक्ताको जिम्मा सञ्चार तथा सूचना प्रविधि रेखा शर्मालाई

प्रकाशित मिति :  7 March, 2024 1:18 pm


काठमाडाैँ । सरकारले सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई तोकेको छ । 

बिहीवार बसेको पुनःगठित मन्त्रीपरिषद्को पहिलो बैठकले मन्त्री शर्मालाई सरकारको प्रवक्ता तोकेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता शर्माले सरकारले संयुक्त राष्ट्रसंघको कमिसनअन द स्ट्याटस अफ वुमन सिएसडब्ल्युको ६८ औं सत्रमा भाग लिन महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीलाई स्वीकृति दिने निर्णय गरेको पनि बताइन् ।

उनले सरकारले पूर्णता पाएसँगै प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने बताइन् ।



प्रतिक्रिया दिनुहोस !