३० कार्तिक २०८१, शुक्रबार

आज ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवस

प्रकाशित मिति :  8 March, 2024 7:23 am


काठमाडौँ । आज ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस । आज विश्वभर ११४ औँ नारी दिवस मनाइँदैछ ।

नेपालमा पनि सरकारी तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था तथा सरोकारवालाले नेपालमा पनि विविध कार्यक्रम गरेर दिवस मनाउँदै छन्।

नारी दिवसको अवसर पारेर महिनाव्यापी कार्यक्रमहरु मनाइएका छन् र मनाइदैछन् । नेपालमा दिवसका अवसरमा नारी अधिकारका लागि बहसहरु तथा अन्तरक्रिया कार्यक्रमहरु गरिँदै आइएको छ।

यो वर्षको नारी दिवसको नारा ‘महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी’ तय गरिएको छ ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।



प्रतिक्रिया दिनुहोस !