पद ठुलो हुँदैमा र मान्छे धनी हुँदैमा राम्रा हुँदैनन्: अध्यक्ष बिजुक्छे
काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले मजदुर किसानहरू नै देशको बहुमत जनता भएको बताएका छन् ।
शुक्रबार भक्तपुरको भाजपुखू र जलेश्वर मन्दिरको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पद ठुलो हुँदैमा र मान्छे धनी हुँदैमा सबै राम्रा हुन्छन् भन्नेकुरा सत्य नरहेको बताए ।
उनले उनीहरूको गल्ती कमजोरीबाट सिकेर आम नागरिकहरूले राम्रो काम गर्नुपर्ने बताए । उनले पुरातात्त्विक र धार्मिक एवं सांस्कृतिक सम्पदाहरूको संरक्षण र पुनः निर्माणमा राज्यका निकायहरूले चासो नदिएको बताए ।
उनले भने, “मजदुर किसानहरू नै देशको बहुमत जनता हो । ठुला–ठुला मानिसहरूको भ्रष्टाचारको विषयमा त पूर्ववक्ता साथीहरूले भनी हाल्नुभयो । पद ठुलो हुँदैमा, मान्छे धनी हुँदैमा उनीहरू राम्रा हुन्छन् भन्नेकुरा सत्य होइन । त्यसकारण तिनीहरूको गल्ती कमजोरीबाट सिकेर त्यस्तो काम नहोस् भन्नेकुरा मनमा राखौँ ।”
अध्यक्ष बिजुक्छेले जनताको स्तरबाटै कम नगरी विकास हुन नसक्ने अवस्था आएको बताए । उनले नयाँ पुस्ताले प्राचिन इतिहास र कलालाई संरक्षण गर्न आवश्यक रहेको बताए ।