२९ आश्विन २०८१, मंगलबार

राष्ट्रियसभा बैठक बस्दै

प्रकाशित मिति :  10 March, 2024 7:33 am


काठमाडौँ । आज राष्ट्रियसभा बैठक बस्दै छ । आज दिउँसो १ बजे बैठक बस्ने संसद् सचिवालयले जनाएको छ ।

आज बस्ने बैठकमा अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्नेछन् ।

राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचनको लागि दिन तोक्ने कार्यसूची रहेको छ । त्यस्तै विषयगत समितिमा रहने सदस्यहरूको नाम हेरफेर तथा मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै बैठकमा आगामी वर्ष २०८१/ ०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल हुने कार्यसूची रहेको छ ।



प्रतिक्रिया दिनुहोस !