२९ आश्विन २०८१, मंगलबार

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन फागुन २९ गते हुने

प्रकाशित मिति :  10 March, 2024 1:26 pm


काठमाडाैँ । राष्ट्रिय सभाको रिक्त अध्यक्ष पदको निर्वाचन फागुन २९ गते हुने भएको छ ।

आइतवार बसेको राष्ट्रिय सभा बैठकमा सभाको अध्यक्ष गरेकी उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन फागुन २९ गते हुने तोकेकी हुन् ।

उनले निर्वाचन कार्यक्रम सम्बन्धी सूचना प्रकाशित गर्न संघीय संसदका महासचिवलाई निर्देशन समेत दिइन् । बैठकमा बाेल्दै उनले भनिन्, “राष्ट्रिय सभा नियमावली २०७५ को नियम ७ बमोजिम राष्ट्रिय सभाको अध्यक्ष पदको निर्वाचनको लागि २०८० फागुन २९ गते मंगलबारको दिन तोकिएको छु । साथै नियमावली बमोजिम संघीय संसदको महासचिव पद्मप्रसाद पाण्डेयलाई अध्यक्ष पदको निर्वाचन कार्यक्रम सम्बन्धी सुचना प्रकाशित गर्न निर्देशन दिन्छु ।”

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल सकिएपछि अध्यक्षको निर्वाचन गर्नुपरेको हो ।



प्रतिक्रिया दिनुहोस !