२९ आश्विन २०८१, मंगलबार

कोटेश्वरमा बसको ठक्करबाट घाइते भएका सईको मृत्यु

प्रकाशित मिति :  11 March, 2024 11:00 am


काठमाडौँ । एक साताअघि काठमाडौँको कोटेश्वरमा बसको ठक्करबाट घाइते भएका प्रहरी नायब निरीक्षक (सई) टोबहादुर खत्रीको मृत्यु भएको छ।

खत्रीको उपचारका क्रममा माइतीघरस्थितअन्नपूर्ण न्यूरो अस्पतालमा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

उनलाई फागुन २० गते जुनेली यातायातको प्रदेश–३–०१–००५ ख ९७५५ नम्बरको बसले कोटेश्वरमा ठक्कर दिएको थियो। ठक्कर दिने बसका चालक नवराज गिरीलाई पक्राउ गरी ‘सवारी ज्यान’सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !