२९ आश्विन २०८१, मंगलबार

सरकार र मिटरब्याज पीडितबिच चार बुँदे सहमति

प्रकाशित मिति :  11 March, 2024 9:53 pm


काठमाडौँ । सरकार र मिटरब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समितिबीच चार बुँदे सहमति भएको छ ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पहलमा गृह मन्त्रालयसँग हिजो र आज भएको वार्ता सहमतिमा टुंगिएसँगै समितिले आह्वान गरेको आन्दोलन अन्त्य भएको छ।

मिटरब्याज तथा ठगीबिरुद्ध किसान मजदुर संघर्ष समिति र सरकारका बिचमा तीन महिनाभित्र जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ । ९ विषयको कार्यादेश हुनेगरी जाँचबुझ आयोग गठन गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने सहमति भएको छ ।

मिटरब्याज पीडितका लागि भन्दै पूर्वबाट कुशवाहको नेतृत्वमा ५०० र पश्चिमबाट निर्ग नवीनको नेतृत्वमा २०० जना पीडित पैदल मार्च गरेर काठमाडौंसम्म आएका थिए । काठमाडौं आएपछि पनि उनीहरुको विरोध प्रदर्शन जारी थियो ।



प्रतिक्रिया दिनुहोस !