२९ आश्विन २०८१, मंगलबार

राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज, यस्तो छ सम्भावित कार्यसूची

प्रकाशित मिति :  12 March, 2024 8:34 am


काठमाडौँ । आज राष्ट्रियसभाको नयाँ अध्यक्षका लागि निर्वाचन हुने कार्यसूचीसहित सभाबैठक बस्दैछ । बिहान ११ बजेर ९ मिनेटमा बैठक बस्ने भएको हो।

अध्यक्ष पदको निर्वाचनका सम्बन्धमा आनन्द प्रसाद ढुङ्गानाले युवराज शर्मालाई राष्ट्रियसभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन् भने गोपी बहादुर सार्की आछामीले नारायण प्रसाद दाहाललाई राष्ट्रियसभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने सम्भाावित कार्यसूची छ ।

सोमबार संसद भवन नयाँ बानेश्वरमा नेपाली कांग्रेसका शर्मा र माओवादी केन्द्रका दाहालले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन्।

राष्ट्रियसभामा माओवादीका एक मनोनीत र उपाध्यक्षसहित १८, एमालेका १०, एकीकृत समाजवादीका आठ, जसपाका तीन सांसद छन् ।



प्रतिक्रिया दिनुहोस !