२९ आश्विन २०८१, मंगलबार

आज दुई संसदीय समितिको बैठक बस्दै

प्रकाशित मिति :  12 March, 2024 9:49 am


काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान साढे ११ बजे बस्दै छ ।

बैठकमा सुर्ती, खैनी तथा गुट्खा उद्योगको पुँजी तथा क्षमता वृद्धिको स्वीकृति सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल हुनेछ ।

त्यस्तै मध्यान्ह १२ बजे बस्ने महिला तथा सामाजिक समितिको बैठकमा बालसुधार गृहहरूको व्यवस्थापन र सुधारसँग सम्बन्धित विषयमा विभिन्न मन्त्रालयहरूले गरिरहेका काम कारबाहीका बारेमा छलफल हुनेछ ।



प्रतिक्रिया दिनुहोस !