२९ आश्विन २०८१, मंगलबार

पार्टीका सांसदहरुलाई ओलीको निर्देशनः सरकारको आलोचना नगर्नू

प्रकाशित मिति :  13 March, 2024 8:20 am


काठमाडौँ। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको आलोचना नगर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन्।

मंगलवार पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले सरकारको बारेमा कुनै आलोचना गर्नुप¥यो भने पार्टीको अनुमति लिएर मात्रै गर्न सकिनेतर्फ पनि सिंगो पार्टी पंक्तिलाई सचेत गराए।

अध्यक्ष ओलीले तराईमा डोरीलाई कहिलेकहिले सर्प भनेर झुक्किने गरेको दृष्टान्त पेश गर्दै त्यसैगरी सरकारको बारेमा जथाभावी बोल्दाखेरी राम्रो नहुने बताए।

कुनैपनि मन्त्रालयको काम सन्तोषजनक भएन भने छलफल गरेर त्यसलाई सन्तोषजनक, प्रशंशायोग्य बनाउने कुरामा पार्टीले योगदान दिने कार्य योजना समेत रहेको उनको भनाइ छ।

अध्यक्ष ओलीले भने, “म फेरि पनि दोहो¥याएर भन्न चाहन्छु–सरकारको आलोचनामा बोल्ने होइन । सरकारको कुनै आलोचना गर्नुप¥यो भने आन्तरिक रुपमा गर्दा हुन्छ । किनभने नबुझिकन कहिलेकहिले देख्दा एक चिज देखिन्छ, तर चिज अर्कै भइदिन्छ ।”

पहिलेपहिलेका कुराहरुमा प्रधानमन्त्रीले गल्ती पनि गरेको हुनसक्छ, ठूल्ठूला गल्ती गरे पनि अहिले प्रधानमन्त्रीले एकदम राम्रो काम गरेको तर्क ओलीको छ। एकदम अनुचित गठबन्धन छोडेर उचित गठबन्धन बनाउन प्रधानमन्त्रीले पहलकदमी लिएको टिप्पणी ओलीको छ।

ओलीले भने, “कमसेकम एक डेढ वर्षलाई उहाँको पद कुनै खतरामा थिएन । चलेकै थियो । तर एक डेढ वर्षमा पदमा बसिरहनु, चल्नु मात्रै होइन । अहिलेको अवस्थामा उहाँले चालेको कदम सकारात्मक छ, राम्रो कदम । त्यसकारण मैले अघि नै भने–प्रधानमन्त्री कदम यो गठबन्धन त्याग गर्ने र नयाँ देशभक्त, प्रगतिशील, समाजवाद उन्मुख, जनमुखि यस्तो नयाँ समिकरण निर्माण गर्ने पहल जुन गर्नु भयो, यो स्वागतयोग्य कुरा हो ।”

न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !