२९ आश्विन २०८१, मंगलबार

रञ्जितालाई कसैगरी सम्झाउन सकिन् : रेशम चौधरी

प्रकाशित मिति :  13 March, 2024 10:09 am


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) संरक्षक तथा नेता रेशम चौधरीले रञ्जिता श्रेष्ठ र आफूबीचको विवाद घरझगडा नभई राजनीतिक विषय भएको बताएका छन्।

बुधबार बिहान सामाजिक संजालमा खुल्ला पत्र लेख्दै उनले पत्नी रञ्जितालाई कसैगरी पनि आफुले सम्झाउन नसकेको बताएका छन् । उनले आफुहरुबीचको सम्बन्धले पार्टी डुब्ने चिन्ता समेत रहेको बताएका छन् ।

उनले लेखेका छन् “आज जिते प्रचण्ड,ओली जित्लान् । भोलि फेरी देउवा जित्लान् ।
सरकार निर्माणका लागि बन्ने जुनसुकै गठबन्धन भनेको साना दललाई सिध्याउने नै हो । त्यसैले हामी कसैका पछाडी नलागौँ,आफ्नो पार्टी निर्माणमा जुटौँ” ।

नागरिक उन्मुक्ति पार्टी कांग्रेस कम्युनिस्ट नभइ,भौगोलिक सांस्कृतिक पहिचान सहितको संघीयताका लागि समुदायमा आधारित समाजबाद प्रत्युत्पादनका लागि जन्मेको पार्टी भएकाे बताउँदै एक अर्कोमा हिलो छ्यापाछ्याप नगरी आफ्नो नीति सिद्धांत अनुरुप चल्न अनुराेध गरेका छन् ।

टिकापुर घटना पछि पनि प्रचण्ड दुइचोटी प्रधानमन्त्री भएपनि २ लाख अठहत्तर हजार जनताको भोटले आफु रिहाई भएका बताएका छन् । नागरिक उन्मुक्ति पार्टीले पाउने एक मन्त्रालयले केही उख्ल्नेवाला नहुने बताउँदै एउटा मन्त्रालय लिएर सरकारमा सहभागी हुनु भनेको सिद्धिनु भएको बताएको छन् ।

आफ्ना कारण लाखौं जनताको मन दुखेको अनुभुति गर्दै त्यसमा क्षमा माग्दै कहिल्यै हार नमान्ने बताएका छन् । उनले आफु आफ्नो घरपरिवारको भन्दा जनताको मान्छे भएको बताउँदै रन्जितालाई सम्झाउन नसकेको बताएका छन् ।

आज प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदैछन्। नाउपा अध्यक्ष चौधरीले प्रधानमन्त्रीलाई विश्वासको मत दिन निर्देशन जारी गरेकी छिन्। तर नाउपाको केन्द्रीय कमिटीको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस !