२९ आश्विन २०८१, मंगलबार

संसद बैठक जारी, प्रधानमन्त्रीले विश्वासको मत लिँदै

प्रकाशित मिति :  13 March, 2024 12:36 pm


काठमाडौँ । प्रतिनिधिसभाको बैठक जारी छ। बिहान ११ बजेपछि सुरु भएको बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यक्रम रहेको छ। यतिबेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलको सम्बोधन जारी छ। यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरीसकेका छन् ।

विश्वासको मत लिनुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभालाई बैठकलाई सम्बोधन गर्दै अर्थतन्त्रमा व्यावसायिक वातावरण सुधार गर्न, राजनीतिक अस्थिरताले सिर्जना गरेको सामाजिक अराजकता, आक्रोश र नकारात्मक सोचमा परिवर्तन ल्याउन पनि सरकारले विश्वासको मत पाउन जरुरी रहेको बताए ।

त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई प्रधानमन्त्रीलाई यस पटक विश्वासको मत दिन किन नमिल्ने भनेर प्रश्न गरेका छन् । बुधबार प्रनिधिसभामा प्रधानमन्त्रीले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै ओलीले यस्तो बताएका हुन ।

सत्ता गठबन्धनमा परिवर्तन भएसँगै नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिएपछि आज पुनः प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन्। यतिबेला नेपाली कांग्रेसका नेता तथा महामन्त्री विश्व प्रकाश शर्माको सम्बोधन जारी रहेको छ ।



प्रतिक्रिया दिनुहोस !