२९ आश्विन २०८१, मंगलबार

न्युनतम साझा कार्यक्रम आज सार्वजनिक हुन्छः प्रधानमन्त्री

प्रकाशित मिति :  13 March, 2024 12:52 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ सत्ता गठबन्धनको न्युनतम साझा कार्यक्रम आज सार्वजनिक हुने बताएका छन् ।

बुधवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्रिय समस्याको समाधानका लागि सबै एक हुनुको विकल्प नरहेको बताए । उनले न्युनतम साझा कार्यक्रम नै सरकार सञ्चालनको मुल आधार हुने बताए । उनले सुशासन, प्रभावकारी सेवा प्रवाह र समृद्धि सरकारको मुल अठोट हुने बताए ।

उनले पुनःगठनसँगै पुँजीबजारमा आएको सकारात्मकताले सरकारप्रति जनअनुमोदन र समर्थन मिलेको बताए । उनले मिटरब्याजी पीडितसँग सहमति भएको र आरती शाहसँग सम्बन्धित समस्या पनि टुंगिएको बताए ।

प्रधानमन्त्री दाहालले रोजगारी सिर्जना र आयात प्रतिष्थापन सरकारको मुख्य काम रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !