२९ आश्विन २०८१, मंगलबार

विश्वासको मत पाएपछि प्रधानमन्त्रीको प्रतिक्रियाः मेरो जिम्मेवारी अझ बढेको छ

प्रकाशित मिति :  13 March, 2024 6:47 pm


काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले संसदबाट तेस्रो पटक विश्वासको मत पाएसँगै आफ्नो जिम्मेवारी अझै बढेको प्रतिक्रिया दिएका छन्।

बुधवार संसदमा विश्वासको मत लिएसँगै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले राष्ट्र र जनताको पक्षमा राम्रो काम तिब्र गतिमा पूरा गर्ने आफ्नो जिम्मेवारी रहेको बताए।

उनले काँधमा जिम्मेवारी थपिएको महसुस गरेको अनुभव सुनाए। उनले संयमित वातावरणमा लोकतान्त्रिक ढंगले विश्वासको मत पाएको तर्क गरे।

प्रधानमन्त्री प्रचण्डले भने, “आजको संसदमा जिवन्त रुपले लोकतान्त्रिक अभ्यास भयो । बडो राम्रो संयमित वातावरणमा । यसले हाम्रो लोकतन्त्र अझ सजिव बनेको छ । अझ सुदृढ बनेको छ भन्ने मैले महशुस गरेको छु । मलाई प्रधानमन्त्रीको रुपमा जसरी विश्वासको मत प्राप्त भएको छ । तीन पटक, तीनवटा अलग अलग अनुभुति र अलग अलग अनुभव पनि भए ।“

आफूलाई विश्वासको मत दिने सांसदहरु र संसदप्रति आभार पनि गरे।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !