२९ आश्विन २०८१, मंगलबार

प्रधानमन्त्री अस्थिरताको पक्षमा हुनुहुन्छः प्रदीप पौडेल

प्रकाशित मिति :  13 March, 2024 6:59 pm


काठमाडौँ। नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाले एक वर्षभित्र तेस्रो पटक विश्वासको मत लिएर अस्थिरता देखाएको बताएका छन्।

बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै सांसद पौडेलले एक वर्षमा तीन पटक विश्वासको मत लिएर प्रधानमन्त्री अस्थिरताको पक्षपाति भएको बताए।

उनले गठबन्धनहरु प्रधानमन्त्रीको कारण नभइ अरुको कारणले टुट्नुपर्ने भए पनि नेपालमा भने प्रधानमन्त्रीकै कारण गठबन्धनहरु टुट्ने गरेको तर्क गर्दै उनले वर्तमान सत्तारुढ गठबन्धन पनि धेरै समय स्थिर नहुने बताए।

पौडेलले यस प्रकारले सरकार बन्ने र भत्किने प्रक्रियाले देशलाई स्थिरता नदिने बताए। उनले भने, “सरकार बन्ने, भत्किने जुन खालको प्रक्रिया छ यसले देशलाई स्थिरता दिदैनँ । हामीले यो संविधानलाई बचाउन, समृद्धि ल्याउन सक्दैनौँ ।”

सांसद पौडेलले वर्तमान गठबन्धनको नेतृत्व इमान्दारीपूर्वक गरेर आफूलाई टिकाउन प्रधानमन्त्रीलाई आग्रह गरे।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !