२९ आश्विन २०८१, मंगलबार

यो संसद रहुन्जेलसम्म सरकार कायम रहन्छ, अर्को बनाउने कोशिस हुँदैनः योगेश भट्टराई

प्रकाशित मिति :  13 March, 2024 7:08 pm


काठमाडौँ। नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले वर्तमान संसद रहुन्जेलसम्म सरकार कायम रहने बताएका छन्।

बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद भट्टराईले वर्तमान संसद रहुन्जेलसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार कायम रहने बताएका हुन्।

उनले अहिलेको संसदको लागि यो सरकार बनाउनु अन्तिम विकल्प भएको तर्क गरे । भट्टराईले अर्को कुनै सरकार बनाउने कोशिस नहुने पनि दाबी गरे।

सरकार निर्माणको निर्णायक शक्ति एमाले भएको उल्लेख गर्दै उनले सरकारलाई आगामी चार वर्षसम्म अगाडी बढाउने दायित्व एमालेकै भएको बताए।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने चर्चा गरेर वर्तमान सत्ता समिकरणलाई अविश्वासतिर नधकेल्ने पनि उनको भनाइ छ ।

भट्टराईले भने, “नेकपा (एमाले) को समर्थनमा आज १५७ जना माननीयज्यूहरुले विश्वासको मतमा मत दिनुभएको छ । र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डज्यूले विश्वासको मत पाउनुभएको छ । विश्वासको मत पाउनु भनेको मतलव यो संसद रहँदासम्म यो सरकार कायम रहन्छ ।”

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !