२९ आश्विन २०८१, मंगलबार

तीन प्रदेशका पहाडी भेगमा हल्का वर्षा हुने

प्रकाशित मिति :  14 March, 2024 7:33 am


काठमाडौँ। बिहीबार बिहान नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको पूर्वानुमान छ । यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ।



प्रतिक्रिया दिनुहोस !