२९ आश्विन २०८१, मंगलबार

प्रतिनिधि सभा बैठक बस्दै

प्रकाशित मिति :  14 March, 2024 7:52 am


काठमाडौँ। बिहीबार सङ्घीय संसद्को प्रतिनिधि सभाको बैठक बस्दैछ । बिहान ११ बजे सुरु हुने वैठकमा शून्य र विशेष समयमा सांसदहरूलाई बोल्न दिने कार्यसूची छ।

बैठकमा आ.व २०८१/०८२ को लागि ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक)’ का विषयमा छलफल सुरु गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि जनाएको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’ संसदमा प्रस्तुत गर्ने लगायतका विषय कार्यसूचीमा उल्लेख छ।



प्रतिक्रिया दिनुहोस !