२३ कार्तिक २०८१, शुक्रबार

रेशम र मेरो पार्टीगत रुपमा विचार मिलेन, परिवार फुट्दैनः रञ्जिता श्रेष्ठ

प्रकाशित मिति :  14 March, 2024 8:08 am


काठमाडौँ। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले श्रीमान् रेशम चौधरी र आफूबीच पार्टीगत रुपमा विचार नमिलेको बताएकी छिन्।

बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष श्रेष्ठले पार्टी र परिवार छुट्टै कुरा भएको भन्दै पार्टीका संस्थापक तथा आफ्ना श्रीमान रेशम चौधरीसँग पार्टीगत रुपमा विचार नमिलेको बताएकी हुन्।

उनले आफू मन्त्रि बन्नका लागि विश्वासको मत दिएको भन्ने कुरा गलत भएको तर्क गर्दै रेशम चौधरीलाई महाधिवेशनले सर्वसम्मत रुपमा अध्यक्ष बनाएपछि निर्वाचन आयोगले नमानेको भन्दै सो कुरा रेशम आफूले पनि स्वीकार गरिसकेको बताइन्।

उनले भनिन्, “विधान कानुनभन्दा माथि कोहीपनि हुँदैन । रेशमजीले कानुनलाई स्वीकार गरेर जुन निर्वाचन आयोगले जुन अस्वीकार गरेको । परिवार फुट्दैन । म आफु सँगै छु नि स्टाटस लेख्दा । पार्टीगत रुपमा हाम्रो मत फरक हो ।”

उनले राजनीतिक कारणले आफ्नो परिवारमा कुनै समस्या पैदा नहुने बताइन्।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !