१३ माघ २०८१, आइतबार

चन्द्रागिरिका चारवटा वडा ‘बाल बालश्रम मुक्त वडा’ घोषणा

प्रकाशित मिति :  14 March, 2024 10:36 am


काठमाडौँ । चन्द्रागिरि नगरपालिकाका चारवटा वडालाई ‘बाल बालश्रममुक्त वडा’ घोषणा गरिएको छ ।

बालबालिकालाई श्रममा प्रयोग नगरौँ, बालश्रममुक्त समाजको निर्माण गरौँ’ भन्ने अभियानका साथ नगरको १५ वडामध्ये बुधबारसम्म वडा नं ३, ५, ८ र १४ लाई बालश्रममुक्त वडा घोषणा गरिएको हाे ।

बालमैत्री नगर निर्माणमा अघि बढिरहेको नगरपालिकाले निकट भविष्यमा अन्य दुई वडालाई पनि घोषणा गर्ने तयारी गरेको जनाइएको छ ।

नगरपालिकाले बालश्रममुक्त स्थानीय तह घोषणा कार्यविधि २०७७ अनुसार बालश्रममुक्त वडा घोषणा कार्यक्रमलाई उच्च प्राथमिकता दिँदै आएको छ ।

नगरपालिकाले २०८१ साल चैतसम्ममा नगरका सबै वडा बालश्रम मुक्त वडा घोषणा भइसक्ने बताएको छ । बालश्रम मुक्त बनाउन बाल विकास समाज र वल्र्ड भिजन इन्टरनेसनल नेपालले सचेतनामूलक कार्यक्रम तथा तालिम प्रदान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !