संसदमा कांग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
प्रकाशित मिति : 15 March, 2024 12:08 pm
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ।
आज प्रतिनिधि सभा बैठकको सुरुमा बोल्दै कांग्रेस सांसद प्रदीप पौडेलले विवादित व्यक्ति लामिछाने गृहमन्त्री बनेको भन्दै नैतिकताका आधारमा राजीनामा दिन माग गरेका हुन्।
आफैँ सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्रीले सहकारीपीडितहरूलाई कसरी न्याय दिन सक्छन् भनी उनले प्रश्न गरे।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि प्रश्न बोकेको व्यक्तिलाई गृहमन्त्री बनाउन नहुने बताए ।