कांग्रेस सांसद केसीले भने : पुनसँग सुनको सम्बन्ध के हो स्पष्ट पारियोस्
काठमाडौं । नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको काठमाडौंस्थित घर कुन स्रोतले बनेको हो स्पष्ट पार्न आग्रह गरेका छन् ।
शुक्रवार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद केसीले १० वर्षअघि दुईवटा कोठाको डेरामा बसेका उपराष्ट्रपति पुनको अहिले आलिशान महल बनेको भन्दै आर्थिक स्रोतबारे स्पष्ट पार्न माग गरे ।
आर्थिक स्रोत स्पष्ट पार्न सभामुखले रुलिङ गर्न माग गर्दछु केसीले भने त्यस्तै सुन तस्करहरुसँग अर्थमन्त्री वर्षमान पुनको टेलिफोन सम्पर्क भएको विवरण सार्वजनिक भएको भन्दै तस्करसँगको कुराकानीको अडियो नै संसदमा सुनाउन माग गर्दछु ।
गृहमन्त्री रवि लामिछाने सहकारीबाट ४६ लाख रुपैयाँको गाडी चढेको भन्दै संसद वैठकमा आपत्ति जनाए।
केसीले भने सहकारी सदस्य नभएको नाताले उहाँले लिन मिल्दैन । सहकारी पीडितहरुलाई उहाँले कसरी सम्बोधन गर्नुहुन्छ रु गम्भिर आशंका छ । त्यसैले म भन्छु रविजी तपाई पीडक हो । पीडकले पीडितलाई न्याय दिन सक्दैन । तपाईले यसको अनुसन्धान नहुन्जेलसम्म विश्राम गरेर बस्नुहोला । तपाई ठिक भएको अवस्थामा आउनुहोला । अहिले कुनै हालतमा तपाईलाई गृहमन्त्री स्वीकार्नेवाला छैनौँ ।
केसीले अहिले बजारमा पुन र सुनको कुरा आएको बताउँदै वर्षमान पुन पनि सुनसँग जोडिएको बताए ।
उनले भने सुनका आरोपित कारागारमा छन् । उहाँले सुन तस्करसँग १९ पटक टेलिफोन वार्ता ग¥यो भनेर अखबारमा आइरहेको छ । उहाँले के के कुरा गर्नुभयो, सुन तस्करसँग के–के छलफल भयो त्यो कुरा यो हाउसमा भ्वाइस डिटेल सुनाउन अनुरोध गर्न चाहान्छु ।